गृहपृष्ठ दुई सय रुपैयाँको विवादमा भरूवा बन्दुकले आक्रमण !

दुई सय रुपैयाँको विवादमा भरूवा बन्दुकले आक्रमण !

सांकेतिक तस्बिर ।

छिमेकीलाई लक्षित गरी भरुवा बन्दुक पड्काएको अभियोगमा कमलामाई नगरपालिका- ८, भुवनचोक बस्ने गगन बहादुर वाईबालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, सोही ठाउँ बस्ने ३१ वर्षीय पञ्च बहादुर तामाङले गगनलाई तिर्नुपर्ने ८ सय रुपैयाँ तिर्नका लागि छिमेकी २२ वर्षीय पञ्चमान बाइबालाई १ हजार रुपैयाँ दिई पठाएका थिए । उक्त रकम दिई बाँकी नगद २ सय रुपैयाँ फिर्ता माग्दा पञ्चमान र गगनबीच भएको विवादमा गगनले भरुवा बन्दुक पड्काउँदा पञ्चमानकी छोरीलाई छर्रा लागेर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले गगनलाई पक्राउ गरेको हो ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु