गृहपृष्ठ दाङमा गुडिरहेको बसमा आगलागी
दाङमा गुडिरहेको बसमा आगलागी
दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।
मानवीय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज सोमबार बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५\१६ जना यात्रु भएको प्रहरीले बताएको छ ।
प्रकाशित समय १०:०१ बजे

















