गृहपृष्ठ बाल सुधारगृहमा पठाइयो हत्या आरोपित बालकलाई

बाल सुधारगृहमा पठाइयो हत्या आरोपित बालकलाई

सुधार गृह संकेतिक तस्वीर

चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो ।

बागमती गाउँपालिका–७ स्थित लामिटारका शेरबहादुर पाख्रिनकी चार वर्षीया छोरी रुबिनाको यही मंसिर ३ गते हत्या भएको थियो । बालिकालाई बलात्कारपछि ढुंगाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । बालिकाको हत्याको आरोपमा ती बालकलाई मंसिर ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित समय १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु