गृहपृष्ठ गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु
गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु
गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको ज्यान गएको छ । रेसुंगा नगरपालिका– १३ मसिनाखोला निवासी २३ वर्षीय बालकृष्ण भुजेल र २६ वर्षीय टोपबहादुर रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्तले जानकारी दिए ।
बुटवलबाट तम्घास आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले आइतबारबिहान करीब २:०० बजे रेसुंगा–१३ को मसिनाखोला भन्ने ठाउँमा ठक्कर दिएको थियो । ट्रक चालक गुल्मीदरबार गाउँपालिका– ६ का २८ वर्षीय गोपाल टण्डन र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय १३:४८ बजे

















