गृहपृष्ठ भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड तीन लाख ४० हजारभन्दा बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड तीन लाख ४० हजारभन्दा बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या सोमबारसम्म एक करोड तीन लाख ४० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ६६० नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड तीन लाख ४१ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार बिहान जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २१४ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४९ हजार ६४९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ४६ हजार ८८७ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ४३ हजार ९५३ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ४२४ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १४ जनाको मृत्यु भएको छ । भारतमा कोभिड-१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ५८५ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ५६ लाख ३५ हजार ७६१ को हाराहारीमा नमूना परीक्षण गरेको छ ।

प्रकाशित समय १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु