गृहपृष्ठ त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक व्यक्ति पक्राउ
त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक व्यक्ति पक्राउ
सांकेतिक तस्बिर ।
९ एमएमको पेस्तोलमा लाग्ने ५० थान गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा मेचीनगर- २ का बद्रीहाङ राईलाई प्रहरीले गोलीसहित सोमबार पक्राउ गरेको हो ।
श्री एयरलाइन्सको जहाजमार्फत झापाकाे भद्रपुर जान लागेका उनी प्रहरीका पूर्वसई रामचन्द्र राईकाे छाेरा भएकाे खुलेकाे प्रहरीले जनाएकाे छ । गाेलीसहितकाे ज्याकेट बुवाकाे भएकाे बद्रीहाङले प्रहरीसमक्ष बयान दिएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १३:५४ बजे

















