गृहपृष्ठ नेपाली सेनामा ११ पदका लागि भर्ना खुल्यो (सूचनासहित)

नेपाली सेनामा ११ पदका लागि भर्ना खुल्यो (सूचनासहित)

नेपाली सेनामा विभिन्न ११ पदका लागि भर्ना खुलेको छ । सेनाले लेखा जमदार ५०, पुजारी हुद्दा ४, अमल्दार कर्मचारी ५३, बन्दोबस्ती कार्य सिपाही ९६, सूचीकार १०, कूचीकार ५३, चर्मकर्मी ११, लोहकार ८, धोबी २, केशकर्तक २ र सयस पदमा ५ जना माग गरेको हो । सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाद्वारा प्रकाशित सूचनामा उल्लेख छ । सबै पदका लागि इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ देखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् । त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सेनाले जनाएको छ ।

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु