गृहपृष्ठ सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जना पक्राउ
सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जना पक्राउ
सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पकाहामैनापुर गाउँपालिका- ४ ठेगाना भएका २८ वर्षीय अजय भन्ने प्रमोद साह तेली र पर्सा बहदुरमाई नगरपालिका- ८ घर भई काठमाडौं गौशाला बस्ने ३९ वर्षीय मेवालाल साह तेली रहेका छन् ।
सामाजिक सञ्जालमा विभिन्न कम्प्युटर, मोबाइल, घडी, ल्यापटप, क्यामेराजस्ता इलेक्ट्रोनिक सामानहरु बजार मूल्यभन्दा सस्तोमा डेलिभरी गराउने भनी विज्ञापन राखी विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम जम्मा गर्न लगाई रकम पाएपश्चात सम्पर्कविहीन भई सामानसमेत डेलिभरी नगरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रकाशित समय १८:३६ बजे

















