गृहपृष्ठ संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबारको सुनुवाइ सुरु भएको छ । सर्वोच्चले रिटमाथि दैनिक रुपमै बहस गर्ने निर्णय गरेअनुसार आजको सुनुवाइ केही बेरअघि सुरू भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस जारी छ । आज निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन् । आइतबार चार जना अधिवक्ताहरुले रिटमाथि बहस गरेका थिए । वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले लगातार सुनुवाइ हुनेगरी मुद्दालाई आइतबार हेर्दाहेर्दैमा राखिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि चुनावको घोषणा गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको जिकिरसहित सर्वोच्चमा एक दर्जनभन्दा बढी रिटहरु दायर भएका छन् ।
प्रकाशित समय १२:५१ बजे

















