गृहपृष्ठ चिसोले प्रदेश २ मा चार जनाको मृत्यु
चिसोले प्रदेश २ मा चार जनाको मृत्यु
फाइल तस्बिर
अत्यधिक चिसोले प्रदेश २ मा पुसयता चार जनाको मृत्यु भएको छ । शीतलहरबाट कठ्यांग्रिएर जाडोको समयमा चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको हो ।
चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा ४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा ३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर १ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया ७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको छ । चिसोबाट स्थानीयलाई बचाउन प्रदेश २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्तीका १२७ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
प्रकाशित समय ०७:५३ बजे

















