गृहपृष्ठ जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना नियन्त्रणमा  

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना नियन्त्रणमा  

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ईलाम नगरपालिका-७ बस्ने भानुपथ बस्ने २५ वर्षीय बिनयक बरईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बरईले ती बालिकालाई पुस २६ गते साँझ घरमा केही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु