गृहपृष्ठ प्रचण्ड-माधव समूहको विरोध सभा सुरू (फाेटाेफिचर)
प्रचण्ड-माधव समूहको विरोध सभा सुरू (फाेटाेफिचर)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आयोजना गरेको औपचारिक विरोध सभा सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानबाट निकालिएको जुलुस रत्नपार्कमा एकीकृत भएपछि सभा सुरु भएको हो । प्रदर्शनी मार्गमा बनाइएको मञ्चमा नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेताहरू उपस्थित छन् । केपी ओलीले पुस ५ गते असंवैधानिक ढंगले संसद विघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानुन व्यवसायी आन्दोलित भएका हुन् ।




प्रकाशित समय १५:१३ बजे

















