गृहपृष्ठ उपभोक्ता ठग्ने ११ व्यवसायीलाई कारबाही
उपभोक्ता ठग्ने ११ व्यवसायीलाई कारबाही
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही गरेको छ । विभागले बजार अनुगमनको क्रममा नियमविपरित व्यवसाय सञ्चालन गरिरहेका ११ व्यवसायीलाई कारबाही गरेको हो ।
विभागको कारबाहीमा पर्ने व्यवसायहरुमा काठमाडौंका माँ पाथिभारा किराना स्टोर, शिवचन्द्र स्टोर, युवा स्वरोजगार मार्ट प्रालि, राजभण्डारी लिकर्स, न्यू बि के स्टोर, कृष्णा किराना पसल, राजभण्डारी खाद्य किराना तथा ग्यास सेन्टर, सतौ चण्डी स्याङजाली स्टोर, कोइराला मार्ट प्रालि, के इसान स्टोर र फेमिली जर्नल स्टोर रहेका छन् ।
कारबाहीमा परेकामध्ये ८ वटालाई विभागले ६० हजार रुपैयाँ जरिवाना गरेको छ । युवा स्वरोजगार मार्ट प्रालिलाई १० हजार, राजभण्डारी लिकर्सलाई ५ हजार, न्यू बि के स्टोरलाई १० हजार, कृष्णा किराना पसललाई ५ हजार जरिवाना गरेको हो । त्यस्तै राजभण्डारी खाद्य किराना तथा ग्यास सेन्टरलाई ५ हजार, सतौ चण्डी स्याङजाली स्टोरलाई १५ हजार, कोइराला मार्ट प्रालिलाई ५ हजार र के इसान स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना गरेको विभागले जनाएको छ ।
प्रकाशित समय १५:५९ बजे

















