गृहपृष्ठ स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जना पक्राउ

स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका-२२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका-७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका-१ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

प्रकाशित समय १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु