गृहपृष्ठ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि यो पद रिक्त थियो ।
प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई कार्तिक २४ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । त्यसअघि उनी प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत थिए । कार्यकारी निर्देशकको रूपमा उनको कार्यकाल चार वर्षको हुनेछ ।
प्रकाशित समय १२:०२ बजे

















