गृहपृष्ठ यौनदेखी मोटोपन घटाउनेसम्मका छन् लिचीका फाइदा

यौनदेखी मोटोपन घटाउनेसम्मका छन् लिचीका फाइदा

लिची गर्मीको मौसम पाइने फल मध्येको एक हो । अन्य फलफुल जस्तै लिचीलाई पनि एक स्वदिष्ट फलको रुपमा लिइन्छ । लिचीमा स्वादमात्र छैन यसमा स्वाथ्य पनि भरिएको छ । नियमित लिची खानाले अनुहारमा निखार आउनुका साथै बढ्दो उमेरको लक्षणलाई पनि कम गर्ने गर्छ । त्यसबाहेक लिचीले शारीरिक विकासलाई पनि प्रोत्साहित गर्छ । तर, लिची अत्यधिक खानु पनि पनि नोक्सान हुन सक्छ भन्ने कुरामा ध्यान दिनु पर्छ । किनकी धेरै लिची खानाले छाला चिलाउने, हात खुट्टा सुन्निने र साँस फेर्न समस्या हुन सक्छ ।

लिचीका १० फाइदाहरु निम्न बमोजिम छन् ।

१. रगतलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ ।

२.महिलाहरुमा हुने स्तन क्यान्सर रोग लाग्नबाट बचाउछ ।

३.ब्लडप्रेशर नियन्त्रण गर्न मद्दत गर्छ ।

४.शरीरमा रोगप्रतिरोधात्मक क्षमता बृद्दी गर्छ ।

५.बिटा क्यारोटीन र ओलीगोनोलले भरिएको लिचीले मुटुलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

६. लिची क्यान्सर कोषिहरुलाई बढ्नबाट रोक्नमा मद्दत गर्छ ।

७.अस्थमाबाट जोगिन लिची खानु फाइदा जनक हुन्छ ।

८.लिचीको प्रयोग गर्नाले कब्जियतमा पनि राहत दिन्छ ।

९.मोटोपन घटाउनका लागि पनि लिची खानु उत्तम हुन्छ । लिचीले इम्यून सिस्टमलाई पनि बढाउने काम गर्छ ।

१०.यौन जीवनलाई राम्रो बनाउनमा पनि लिची खानु फाइदाजनक हुन्छ । पाचन शक्तिलाई बलियो बनाउन मद्दत गर्छ ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु