गृहपृष्ठ पौडी खेल्दा ९ वर्षीय बालकको डुबेर मृत्यु
पौडी खेल्दा ९ वर्षीय बालकको डुबेर मृत्यु
सांकेतिक तस्बिर
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–१, चम्कीपुरका ९ वर्षीय सुवास मल्लाहको डुबेर मृत्यु भएको हो । भैंसी चराएर घमाहा खोलामा पौडी खेल्न गएका उनी पौडी खेल्दाखेल्दै डुबेको इलाका प्रहरी कार्यालय रनेउराका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतले जानकारी दिए ।
प्रकाशित समय २०:३८ बजे

















