गृहपृष्ठ जाजरकोटमा खोलाले बगाएर दुई को मृत्यु

जाजरकोटमा खोलाले बगाएर दुई को मृत्यु

death-newskarobar सांकेतिक तस्बिर

खोलाले बगाएर जाजरकोटमा मंगलबार दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदारा रहेको छ । अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यसैगरी भेरी नगरपालिका–१ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदाराको दारखोलाले बगाई आज मृत्यु भएको छ । मिलमा मकै पिसाउन जाँदा दारखोला तर्ने क्रममा खोलाले बगाई उनको मृत्यु भएको छ ।
(रासस)

प्रकाशित समय ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु