गृहपृष्ठ ट्राफिक जरिवानामा शारीरिक सम्बन्ध राख्न अफर !

ट्राफिक जरिवानामा शारीरिक सम्बन्ध राख्न अफर !

kira_karobar

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा पक्राउ परेकी रुसकी प्रसिद्ध मोडल किरा मेयरले जरिवानाबापत शारीरिक सम्बन्ध अफर गरेकी छन् । पक्राउ परेपछि पहिला उनी प्रहरीलाई धम्क्याएर छुट्न खोजेकी थिइन् तर प्रहरी अडिग रहेपछि उनले शारीरिक सम्बन्ध राख्न अफर गरेकी हुन् ।

ट्राफिक नियम तोडेपछि प्रहरीले किरालार्इ अनुसन्धानका क्रममा कारबाट निस्कन भन्यो । त्यसपछि किराले आफूलाई छोडिदिए शारीरिक सम्बन्ध राख्न अवसर दिने प्रस्ताव गरिन् । तर, घटनास्थलमा रहेका दुई प्रहरीले उनको कुरा सुनेनन् र हिरासतमा लिए ।

अदालतमा सुनुवाइका क्रममा मोडल किराले आफूमाथि लागेका सबै आरोप स्वीकार गरेकी छन् । उनले आफूले गरेको गल्तीका लागि माफी माग्ने बताइन् । कारबाहीको डरले आत्तिएर त्यस्तो प्रस्ताव गर्न पुगेको उनले बताइन् ।

किरामाथि यसअघि पनि केही समय ड्राइभिङ प्रतिबन्ध लागेको पाइएको छ । किराले प्रहरीलाई लात्तले हानेको र घाइते बनाउन कोशिश गरेको पनि समाचारहरूमा उल्लेख छ । किराले अब जेलमा डेढ वर्ष बस्नुपर्ने भएको छ ।

किरा रुसकी प्रख्यात मोडल हुन् । इन्स्टाग्राममा उनका लाखौं फलोअर छन् । जेल सजाय पाएपछि उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट डिलिट गरेकी छन् ।

(एजेन्सी)

प्रकाशित समय ०९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु