गृहपृष्ठ अपाङ्गता भएका व्यक्तिलाई हेयको दृष्टीले नहेराैं : श्रृष्टी केसी

अपाङ्गता भएका व्यक्तिलाई हेयको दृष्टीले नहेराैं : श्रृष्टी केसी

प्रभावकारी उत्प्रेरक वक्ता श्रृष्टी केसीले अपाङ्गता भएका व्यक्तिहरुलाई हेयको, दयाको दृष्टीले होईन उनीहरुमा रहेको विशिष्ट क्षमताको भरपुर उपयोग गर्न र सोही प्रकारको वातावरण र अवसर उपलव्ध गराउन सके  तीन गुणा कर राज्यलाई तिर्न सक्ने हैसियतमा रहेको बताएकी छिन् ।

वेकशील साझा पार्टीले शुरु गरेको समता संवाद शृंखलामा मुख्य वक्ताको रुपमा निम्त्याईएकी दृष्टी विहीन समेत रहेकी केसीले फरक र विशिष्ट क्षमता भए पनि अपाङ्गता भएका व्यक्तिहरुलाई दयाको भावनाले सामान्य भत्तामा अल्झ्याएर संवृद्ध मुलुक निर्माण गर्न नसकिने बताइन् ।

उनले विवेकशील साझा पार्टीले उठाएका इमानको राजनीति,भ्रष्टाचार विरोधी राजनीति, समतामुलक संवृद्धि अभियान जस्ता महत्वपूर्ण सवालप्रति आफ्नो आदरभाव रहेको समेत बताइन् ।

पार्टीको केन्द्रीय सदस्य तथा सामाजिक न्याय विभाग प्रमुख प्रकाशचन्द्र परियारले समतामलुक,सामाजिक न्याय र समावेशिता विनाको संवृद्धि दिगो नहुने भन्दै समाजमा रहेका सवै प्रकारका विभेद,असमानता चिर्दै मानव मर्यादाको प्रवद्र्धनमा जोड दिए ।

किशोरावस्थामै दृष्टी गुमाएकी श्रृष्टी केसीले अथक मेहनत,निरन्तर पहल र सदा उच्च मनोवलले आफूलाई अझ सशक्त,परिष्कृत, समाजपयोगी प्रतिभाको परिचय वनाईन आज उनी प्रभावशाली उत्प्रेरक वक्ताका रूपमा नेपाल तथा कतिपय विदेशी मुलुकहरुमा समेत आफ्नो अनुभव,ज्ञान र सीपको प्रस्तुती गरिरहेकी छन । हालै प्रदर्शनमा आएको फिल्म ब्लाइण्ड रक्स पनि श्रृष्टीकै जीवनकथामा आधारित थियो ।

समता संवाद शृखलामा यस अघि चर्चित पुरस्कार फ्रिडम फ्रम फियर विजेता पूर्व कमलरी उर्मिला चौधरीले समता अभियानमा आफूले भोगेका र देखेका अनुभव प्रस्तुत गरेकी थिईन । समता संवादको आगामी प्रस्तुतीमा सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेका उत्प्रेरक वक्तालाई ल्याईने सामाजिक न्याय विभाग प्रमुख परियारले जानकारी दिए ।

प्रकाशित समय ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु