गृहपृष्ठ हिमालको पानी निर्यात गर्न जापानको सुझाव
हिमालको पानी निर्यात गर्न जापानको सुझाव
तस्बिरः गुगल
जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरी आम्दानी बढाउन नेपाललाई सुझाव दिएको छ ।
नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालको हिमालयमा रहेको पिउन योग्य पर्याप्त पानी निर्यात गर्न सकिने सुझाव दिएको हो । मन्त्री बस्नेतले जापानी टोलीलाई पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाई सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराएका थिए ।
भेटमा विकास र वातावरणबीच सन्तुलन कायम गर्ने चुनौती, वन क्षेत्रलाई आर्थिक विकासको माध्यम लगायत विषयमा छलफल भएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । जापानी टोलीले विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । डेमोक्रेटिक पार्टीका नेता यसुहिरो नाकाइले नेपालको फोहर व्यवस्थापनमा सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताएका थिए ।
प्रकाशित समय १८:५२ बजे

















