गृहपृष्ठ जलेश्वर कारागारमा एक बन्दीको मृत्यु
जलेश्वर कारागारमा एक बन्दीको मृत्यु
महोत्तरीको जलेश्वर कारागारका बुधबार राति एक बन्दीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई २०७४ साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० वर्षीया रामनरेश शर्मा रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिएका छन् ।
बेलुकी एपेन्डिसाइट्सका कारण पेट दुखेपछि शर्मालाई जलेश्वरस्थित एक सामुदायिक अस्पताल लगिए पनि राति ९ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।
जबर्जस्ती करणी मुद्दाअन्तर्गत २०७४ साउन १६ गते उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको थियो ।
प्रकाशित समय ०९:१६ बजे

















