गृहपृष्ठ २५ सय बोट गाँजा नष्ट

२५ सय बोट गाँजा नष्ट

gaja-newskarobar फाइल तस्बिर ।

लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले गाँजाखेती नष्ट गर्न थालेकोे छ ।

पछिल्लो एक सातामा विभिन्न स्थानमा गरी प्रहरीले २५ सय गाँजाका बोट नष्ट गरेको हो । अपराध न्यूनीकरणका लागि ‘स्कूल–स्कूलमा प्रहरी’ अभियान शुरु गरेको सिन्धुपाल्चोक प्रहरीले ठूलोपाखर, जेठल, इर्खु र भोटेचौरमा गाँजाका बोट नष्ट गरेको हो ।

ठूलोपाखरमा एक १५ सय, भोटेचौरमा ७ सय, इर्खुमा १ सय ५० र जेठलको मुडेमा सय बोट गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ ।

चोरी, डकैती, यौन हिंसाका घटना र सवारी दुर्घटनाका घटना लागूऔषधकै कारण बढिरहेको प्रहरीको अनुमान छ ।

प्रकाशित समय ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु