गृहपृष्ठ उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालको सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि असोज १२ गते उपक्षेत्रीय अस्पताल हस्तान्तरण गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङमा आइतबार बसेको सर्वपक्षीय बैठकले अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गर्ने सहमति गरेको हो ।

नागरिक समाज दाङ, नेपाल पत्रकार महासंघ, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार, उपक्षेत्रीय अस्पतालका निमित्त मेसुसहतिको सर्वपक्षीय बैठकले असोज १२ गतेभित्र अस्पताल हस्तान्तरणका काम सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपक्षेत्रीय अस्पतालको सम्पूर्ण दायित्व र सम्पत्तिसहित समाहित गर्ने र प्रतिष्ठान मातहत हस्तान्तरण भएपछि अस्पतालको अवस्था थप मजबुत बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।

प्रकाशित समय ०८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु