गृहपृष्ठ १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि, एक पक्राउ
१० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि, एक पक्राउ
छिमेकीले स्वीकारे अभियोग
१० वर्षीया बालिका श्रेया सुनारको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा एक युवा पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका २२ पुम्दी भुम्दी कोदीका ३० वर्षीय कुशुम पौडेललाई कास्की प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । राति ९ बजे प्रहरीले गाँउमा सोधपुछ गर्दै जाँदा ४ युवालाई नियन्त्रणमा लिई सोधपुछका क्रममा पौडेलले मादक पदार्थ सेवन गरी बेहोसी अवस्थामा बालिका बलात्कार र हत्या गर्न पुगेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।
हत्या भएकी श्रेयाको हजरबुबाको घर र आरोपी पौडेलको घर नजिकै रहेको छ । बालिकाकी आमा वेलकुमारी सुनार बिरामी भएकाले तीन छोरी र एक छोरासहित बुबाको घरमा बस्द्रै आएकी थिइन् ।
बालिकाको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टले प्रमाणित गरिसकेको छ । घटनाबारे प्रहरीले बिहिबार दिउँसो थप जानकारी दिने बताइएको छ ।
सोमबार बेलुका बिस्कुट लिन भनि घरबाट निस्केकी श्रेया मंगलबार बिहान घर नजिकैको झाडीमा मृत अवस्थामा भेटिएकी थिइन् । बालिकाको माथिल्लो भागमा कपडा नभएको र उनले लगाएको सुरुवालसमेत केहि तल सारेको अवस्थामा शव फेला परेको थियो ।
बालिका श्रेया स्थानीय लिला आधारभूत माध्यामिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत् थिइन् ।
प्रकाशित समय १०:२१ बजे

















