गृहपृष्ठ पाटेबाघ मृत फेला

पाटेबाघ मृत फेला

बर्दिया राष्ट्रिय निकुञ्जमा एक पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको निकुञ्ज क्षेत्रभित्र पर्ने चिसापानी पोष्ट नजिक बुधबार दिउँसो पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिएका छन् ।

निकुञ्जभित्र महेन्द्र राजमार्ग किनारमा सिनोको गन्ध आएपछि खोजी गर्दै जाँदा राजमार्गदेखि झण्डै ७ सय मिटरभित्र भाले पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत दाहालले बताए ।

अन्दाजी १७ वर्षको उक्त बाघको शव परीक्षण गर्दा बुढो भएर कालगतिले मरेको बताइएको छ । बाघको शरीर पूर्णरुपमा सडिसकेकाले एकहप्ता अघि नै मरेको हुनसक्ने निुकञ्जले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा बयस्क पाटेबाघ रहेको तथ्यांक छ । (रासस)

प्रकाशित समय ०७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु