गृहपृष्ठ प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता
प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता
प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग शिष्टाचार भेट गरेका छन् । शुक्रबार जंगी अड्डामा भेट गरेका भएको हो ।
नेपाली सेनाका अनुसार थापा र राजदूत जावेदबीच द्वीपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटमा राजदूत जावेदले प्रधानसेनापति थापालाई बधाई दिएका थिए । प्रधान सेनापति नियुक्ति भएसँगै थापाले भारत, चीनलगायतका देशका राजदूतसँग भेटवार्ता गरिसकेका छन् ।
प्रकाशित समय १५:४० बजे

















