गृहपृष्ठ बौद्धका प्रहरी प्रमुख राई घुस रकमसहित पक्राउ
बौद्धका प्रहरी प्रमुख राई घुस रकमसहित पक्राउ
महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राई घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राईलाई एक लाख ४० हजार घुससहित पक्राउ गरेको हो ।शनिबार राति उनलाई अख्तियारले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित समय ०७:१६ बजे

















