गृहपृष्ठ महिला हिंसाविरुद्धको अभियान सम्पन्न
महिला हिंसाविरुद्धको अभियान सम्पन्न
सांकेतिक तस्बिर
इलाममा महिला हिंसाविरुद्धको एक महिने अभियान पूरा भएको छ ।
जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महीने अभियानअन्तर्गत जिल्लाका ३५५३ जना महिला तथा बालिकालाई हिंसा र यसबाट पर्ने असरबारेमा जानकारी गराइएको छ । स्थानीय तहका २१ विद्यालयमा विविध कार्यक्रमसहित यसबाट पर्ने असरबारेमा जानकारी गराइएको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित जिल्लामा क्रियाशील २० संघसंस्थाको आयोजनामा गत भदौ २१ गतेबाट जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महिने अभियान सञ्चालन गरिएको थियो ।
बालिकालाई सुरक्षित राख्न सबैभन्दा बढी अभिभावक र समाज शिक्षित हुनुपर्ने र बालिकालाई शिक्षामा जोड दिनुपर्ने समापन कार्यक्रमका सहभागीले जोड दिएका छन् । अशिक्षित भन्दा पनि शिक्षित ब्यक्तिकै कारण बालिका तथा महिला पीडित हुने भन्दै महिलालाई आत्मनिर्भर तथा बालबालिकालाई शिक्षामा जोड दिन सके हिंसाका घटनामा कमी आउने उनिहरुले बताए ।
अभियनका संयोजक तथा जिल्ला युवा समितिका प्रकाश परियारले गाउँगाउँमा जाँदा बालिकाको अवस्था नाजुक रहेको बताउँदै शिक्षाले नै उनीहरूको स्तर माथि उठाउन सकिने धारणा राखे । (रासस)
प्रकाशित समय ०८:४५ बजे

















