गृहपृष्ठ प्रदेशमा योजनै छैन, विकासमा बाधा : प्रकाश ज्वाला

प्रदेशमा योजनै छैन, विकासमा बाधा : प्रकाश ज्वाला

कर्णाली प्रदेश सरकारका आर्थिका मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारको स्पष्ट संरचना नहुंदा विकासमा बाधा भएको बताएका छन् ।

आइतबार मन्त्रालयले आयोजना गरेको कार्य प्रगती तथा भावी योजना सम्बन्धी पत्रकार सम्मेलनमा उनले भने ‘संघिय सरकारको स्पष्ट योजना नहुँदा हामीले अहिले सम्म पनी विकास बजेट खर्च गर्न सकेका छैनौ, प्रदेशको समेत संरचनाका विकासमा बाधा पुगेको छ ।’

आधा जति कर्मचारी नहुनु, प्रदेश सरकारमा संरचना नहुनु बजेट कार्यान्वयनको बाधक हो । उनले थपे ‘ हाम्रो मन्त्रालय मा कर्मचारीका अझै पनी अभाव छ ।’ मन्त्रालयमा ४७ कर्मचारीको दरबन्दी छ तर अहिले २१ जना मात्र कर्मचारी छन् ।

यसैबीच मन्त्री ज्वालाले विभिन्न ९ वटा कानुन पारित भएको जानकारी दिएका छन् । कर्णाली प्रदेश आर्थिक कार्यविधी ऐन २०७५, कर्णाली प्रदेश कर तथा गैर कर ऐन २०७५, कर्णाली प्रदेश आकस्मिक कोष ऐन २०७५, कर्णाली प्रदेश वित्तिय हस्तान्तरण व्यवस्थापन ऐन २०७५ लगायत मन्त्रालयले ९ वटा कार्यविधि पारित गरेको छ ।

प्रकाशित समय ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु