गृहपृष्ठ विधेयकका लागि १५ अवधारणा पत्रमा स्वीकृति

विधेयकका लागि १५ अवधारणा पत्रमा स्वीकृति

प्रदेश ५ सरकारले विधेयक निर्माणका लागि १५ वटा अवधारणा पत्रमा सैद्धान्तिक स्विकृती दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सुशासन व्यवस्थापन तथा सञ्चालन विधेयक, प्रदेश सञ्चार निति संशोधन सहित अवधारणपत्र स्वीकृत गरेको सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले विपद व्यवस्थापन कोष निर्देशिका प्रदेश प्रहरी सम्बन्धी कानूनी व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा पत्र स्वीकृत गरेको छ । प्रदेश प्रशारण सम्बन्धी कानुनी व्यवस्था गर्न बन्ने विधेयक, प्रदेश ५ अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि ऐन पहिलो संशोधनको मिति तोक्ने, प्रदेशका गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियासम्बन्धी ऐन लागू हुने मिति तोक्ने अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्तै, आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयक तर्जुमा सम्बन्धमा गरिएको अवधारण पत्र, प्रदेशको तथ्यांक सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयक, प्रदेश ५ सार्वजनिक खरिद सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयक, प्रदेश खानी अन्वेषण तथा व्यवस्थापन गर्न बन्ने विधेयकको अवधारणा पत्रमा स्वीकृति दिइएको छ ।

प्रदेश वनसम्बन्धी कानूनी व्यवस्था गर्न बन्ने विधेयक, प्रदेश पर्यटनसम्बन्धी कानूनी व्यवस्था गर्न बन्ने विधेयक, प्रादेशिक खेलकुद विकास सम्बन्धी व्यवस्था गर्न बन्ने विधेयक र प्रादेशिक यूवाहरुको क्षमता विकास सम्बन्धी व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा पत्रमा समेत प्रदेश पाँच सरकारले सैद्धान्तिक स्वीकृती दिएको छ ।

प्रकाशित समय ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु