गृहपृष्ठ व्यवसायीमाथि छुरा प्रहार गर्ने विदेशी पर्यटक पक्राउ

व्यवसायीमाथि छुरा प्रहार गर्ने विदेशी पर्यटक पक्राउ

पोखराको लेकसाईडमा होटल व्यवसाय संचालन गर्दै एक युवामाथि छुरा प्रहार गर्ने एक विदेशी नागरिक पक्राउ परेका छन् । होटल व्यवसायी ३४ वर्षीय सुरज श्रेष्ठमाथि छुरा प्रहार गर्ने अष्ट्रीयाका ३४ वर्षीय डोमिनीकलाई प्रहीले पक्राउ गरेको हो ।

पोखराको सेदीबगरमा सामान्य सोमबार भनाभन भएपछि डोमिनीकले श्रेष्ठमाथि छुरा प्रहार गरेर फरार भएका थिए । छुरा प्रहार गर्ने डोमिनीकलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक नविन कार्कीले बताए । घाइते श्रेष्ठको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित समय ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु