गृहपृष्ठ जुम्लाका दश गाउँ छाउगोठमुक्त

जुम्लाका दश गाउँ छाउगोठमुक्त

jumla-newskarobar

जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ छाउगोठमुक्त गरिएका छन् । तातोपानी गाउँपालिका–५ को लाम्रा गाउँलाई मङ्गलबार १० औं गाउँको रुपमा छाउगोठमुक्त घोषणा गरिएपछि १० गाउँ पुगेका हुन् ।

सो गाउँपालिकाको श्रीनगर, हियाखोला र जैतपुरका बस्तीलाई छुईगोठमुक्त घोषणा भइसकेका छन् ।

तिला गाउँपालिकाको ढिमकोट, जोगीवाडा, रावतवाडा र पातारासी गाउँपालिका–५ वडा माथिल्होर्प र तलिल्होर्प गाउँ पहिला नै छाउगोठमुक्त घोषणा गरिएका छन् ।

तातोपानी गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्याकाअनुसार अहिले महिलामा केही सचेतनाको विकास भएको छ । महिलाको सुरक्षालगायतका विषयमा विशेष सहयोग गर्ने श्रीमान् तथा परिवारलाई स्थानीयतहले सम्मानका कार्यक्रम ल्याउने तातोपानी–५ का वडाध्यक्ष हरिबहादुर डाँगीले बताए । रासस ।

प्रकाशित समय १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु