गृहपृष्ठ बाँस्तोलाको निधनको शोकमा कांग्रेस पार्टी कार्यालय बन्द

बाँस्तोलाको निधनको शोकमा कांग्रेस पार्टी कार्यालय बन्द

congress-newskarobar

पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा शोक प्रस्ताव पारित गर्दै नेपाली काग्रेसले सोमबार पार्टी कार्यालय बन्द गर्ने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नेता बाँस्तोलाप्रति उच्च सम्मान प्रकट गर्दै तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ । ‘यही असोज २९ गते केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय बन्द गरिनेछ,’ काग्रेसको निर्णयमा भनिएको छ ।

केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा श्रद्धाञ्जलि पुस्तिका राख्ने र १३ औँ दिन शोकसभा गर्ने निर्णय कांग्रेसको छ । बाँस्तोलाको शनिबार राति ललितपुर खुमलटारस्थित निवासमा निधन भएको थियो ।

२०६९ पुस १४ गते कसलपुजामा सहभागी भएका बेला मस्तिष्काघात भई उनी अचेत भएका थिए । त्यसैबेलादेखि नेता बास्तोला उपचाररत थिए ।

प्रकाशित समय ०९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु