गृहपृष्ठ दसैंमा मासु खान नपाएकाे वृद्धाश्रममा रहेका जेष्ठ नागरिककाे गुनासो
दसैंमा मासु खान नपाएकाे वृद्धाश्रममा रहेका जेष्ठ नागरिककाे गुनासो
पशुपति वृद्धाश्रममा रहेका जेष्ठ नागरिकले दसैंमा मासु खान नपाएको गुनासो गरेका छन् । सबैको घरमा मासु पाक्दा आफूहरुले वर्ष दिनको पर्व दसैंमा पनि मासु खान नपाएको गुनासो गरेका हुन् । केहिवर्षयता आश्रमले मासुको व्यवस्था हटाएको छ । उता आश्रममले भने मासु खाने भन्दा नखानेको संख्या धेरै भएकाले हटाएको बताएको छ ।
‘धेरै आमा बुबाले मासु खानु हुन्न, दुई चार जनाको लागि पकाउन पनि समस्या हुन्छ, धार्मिक स्थल भएकाले पनि मासुको व्यव्था हटाइएको हो,’ आश्रमका प्रशासन प्रमुख कृष्ण कँडेलले भने । दसैंमा मासु खान नपाएकोमा वर्सेनि जेष्ठ नागरिकले गुनासो गर्दै आएका छन् । उनका अनुसार दसैंका लागि जेष्ठ नागरिकलाई नयाँ कपडा वितरण गरिएको छ । पुरुषका लगि दौरा सुरुवाल र महिलाको लागि धोती चोला वितरण गरिएको छ ।
आश्रममा टिकाको दिन सामूहिक टिका लागाउने कार्यक्रम राखिएको छ । सो आश्रम महिला बालबालिका तथा समाज कल्यान मन्त्रालयले संचालन गरेको हो ।
प्रकाशित समय १६:४७ बजे

















