गृहपृष्ठ भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

gorkha-district

भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर गोरखामा एक व्यक्तिको मुत्यु भएको छ । गोरखाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए ।

छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह भिक्न हिँडेका घले मह झिक्दै गर्दा एक्कासि चिप्लिएर भिरबाट खसेको मृतकका छोरा गिर्जा घलेकोे भनाई उद्धृत गर्दै उनले बताए । ‘बाबु चिप्लिएर खसे पछि सँगै भिरमा मह झिक्न पुगेका छोरा गिर्जा घलेले स्थानीयलाई खबर गरे, गाउँका सबै खोजतलास गर्न पुग्यौं,’ घलेले भने, ‘करीब तीन÷चार घण्टापछि बल्ल मृतावस्थामा उनलाई फेला पा¥यौं ।’

घले भिरबाट खसेर बेपत्ता भएको जानकारी पाएपछि बारपाक बजारदेखि करीब डेढ किलोमिटरको दूरीमा पर्ने उक्त भिरमा गाउँले सबै उनलाई खोज्न पुुगेका थिए ।

भिरबाट करीब पाँच मिटर तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाइ छ । उनको शरीर पूर्णरुपमा क्षतविच्छेद अवस्थामा फेला पारेको घलेले बताए । कुम्र्याह भिर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भिरमौरीको मह भिक्न जाने गरेका छन् । रासस ।

प्रकाशित समय १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु