गृहपृष्ठ महोत्तरीबाट २४ कार्टुन अवैध मदिरा बरामद
महोत्तरीबाट २४ कार्टुन अवैध मदिरा बरामद
सांकेतिक तस्बिर
प्रहरीले महोत्तरीबाट २४ कार्टुन अवैध मदिरा बरामद गरेको छ । भारततर्फ निकासी गर्न लागेको उक्त अवैध मदिरा महोत्तरी प्रहरीले बरामद गरेको हो ।
गस्तीमा रहेको प्रहरीले उक्त अवैध मदिरा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरी गस्ती देखेपछि भारतीय नम्बर प्लेटका गाडीचालक गाडीमा रहेको अवैध मदिरा छाडेर भागेको प्रहरीले जनाएको छ । उक्त गाडीको चेकजाँचका क्रममा मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
भारतको विहारमा मदिरा सेवन निशेध गरिएपछि भारतीय सीमावर्ती नेपाली क्षेत्रमा भारतीयहरु मदिरा सेवनका लागि आउने गरेका छन् ।
प्रकाशित समय १४:०२ बजे

















