गृहपृष्ठ जुवा खालमा प्रहरीकाे छापा, २१ जना पक्राउ
जुवा खालमा प्रहरीकाे छापा, २१ जना पक्राउ
दाङ गढवामा गए राति एक लाख ७५ हजार रुपैयाँसहित ६ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ का होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन यादव र सौगात चौधरी छन् । उनीहरुलाई मुलुकी अपराध संहिता दफा १२५ को उपदफा २ को (क) अनुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने इलाका प्रहरीले कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिए ।
यस्तै, सिन्धुपाल्चोकको मेलम्ची–७ भारती थोकबाट ६० हजार रुपैयाँसहित नौ जुवाड पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट गएको टोलीले गए राति ११ः४५ बजे छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।(रासस)
प्रकाशित समय ११:२३ बजे

















