गृहपृष्ठ म्यासेन्जरमा नयाँ फिचर ‘वाच भिडियो टुगेदर’ थपिँदै

म्यासेन्जरमा नयाँ फिचर ‘वाच भिडियो टुगेदर’ थपिँदै

फेसबुक कम्पनीले म्यासेन्जरमा नयाँ फिचर ल्याउने भएकाे छ । म्यासेन्जरमा वाच भिडियो टुगेदर भन्ने नयाँ फिचर ल्याउने तयारी गरेको हो । यस फिचरमा ग्रुप भिडियोे च्याट फरक फरक डिभाइसमा एकसाथ देख्न सकिने र भिडियो च्याट कुन कुन व्याक्तिले हेरिरहेको छ भन्ने थाहा पाउन सकिन्छ ।

टेकक्रञ्चको एक रिपोर्ट अनुसार यो फिचर सबै भन्दा पहिला म्यानेजमेन्ट एप्लिकेसन ‘टाइमबोड’ को फाउन्डर अनन्य अरोरा र जेन मेन्शुन वोगले म्यासेन्जरको कोडबेसमा खोजी गरेका थिए । ‘वाच भिडियो टुगेदर’ फिचर प्रयोगकर्ताले भिडियोमा आफ्नो अनुभव शेयर गर्न अनुमति दिनुका साथै कम्पनिलाई नयाँ आर्थिक अवसर पनि प्रदान गर्नेछ ।

त्यस्तै, फेसबुक म्यासेन्जरमा पनि अब म्यासेज पठाएर  फिर्ता लिन सकिने भएकाे छ । यो सुविधा पहिले ह्वाटस एपमा र इन्टाग्रममा  थियो । अब फेसबुक म्यासेन्जरले पनि यो सेवाको शुरुवात गर्ने भएको छ । पहिले सिमित प्रयोगकर्ताका लागी यो सुविधा प्रदान गरेको थियो ।

अहिले फेसबुक म्यासेन्जरले सो फिचर पोल्यान्ड, बोलिविया, कोलम्बिया र लिथुएनिया लगाएतका देशहरुमा प्रयोग गरिरहेको छ । यो सुविधा एन्ड्रोइड र आइओएस फोनप्रयोग गर्नेले लिन सक्नेछन् । कम्पनीका अनुसार यो सुविधा अन्य देशमा पनि छिट्टै प्रयोगमा ल्याइने छ ।

फेसबुकका सीइओ मार्क जुकबर्गलाई केही व्यक्तिले इनबक्समा आएको म्यासेज अनुमति बिना डिलिट भएको जानकारी गराएपछि कम्पनीले यस विषयमा खोजी गरेको थियो ।

प्रकाशित समय १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु