गृहपृष्ठ भरुवा बन्दुकसहित एक जना पक्राउ
भरुवा बन्दुकसहित एक जना पक्राउ
फाइल तस्बिर
सुर्खेतमा बन्दुकसहित मंगलबार एक जना पक्राउ परेका छन् ।
बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो । बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
पुलामीलाई हातहतियार खरखजना मुद्दाअन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।(रासस)
प्रकाशित समय ०७:३५ बजे

















