गृहपृष्ठ नदीजन्य वस्तुको अवैध दोहनमा प्रयोग गरिएका ३९ ट्याक्टर नियन्त्रणमा

नदीजन्य वस्तुको अवैध दोहनमा प्रयोग गरिएका ३९ ट्याक्टर नियन्त्रणमा

बाँकेको राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ ।

आयोगको कार्यालय नेपालगञ्जका प्रमुखसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजीकैबाट ३९ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए ।

राप्ती नदीबाट अवैधरुपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन भइरहेको उजुरी परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिए ।

नियन्त्रण गरिएका ट्याक्टर जीर्ण सडकका कारण बीच बाटोमै फसेकाले सदरमुकाम ल्याउन कठिनाइ भएको बताइएको छ ।

प्रकाशित समय ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु