गृहपृष्ठ कञ्चनपुरमा बसको ठक्करबाट एककोे मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट एककोे मृत्यु

accident-newskarobar

पूर्व पश्चिम राजमार्गको कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीमा बसले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको आइतबार साँझ मृत्यु भएको छ ।

से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–९ भुडाका अन्दाजी २७ वर्षीय श्रवण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

चौधरीको महाकाली अञ्चल अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको हो । ठक्कर दिने बसको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

प्रकाशित समय ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु