गृहपृष्ठ जनकपुरका ५ वटा पानी उद्योगमा शिलबन्दी
जनकपुरका ५ वटा पानी उद्योगमा शिलबन्दी
जनकपुरका पाँचवटा पानी उद्योगमा शिल गरिएको छ । मापदण्डविपरीत उद्योग सञ्चालनमा रहेको भन्दै अनुगमन टोलीले सोमबार शिल गरेको हो ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित पेठिया बजारमा जयप्रकाश चौधरीले सञ्चालन गरेको जल इन्डिष्ट्रिजद्वारा उत्पादित अम्बर धारा, जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ स्थित भ्रमरपुरा चोकमा प्रभुनन्दन साहले सञ्चालन गरेको महामाया धारा प्रालि र जनकपुर उपमहानगरपालिका-४ स्थित अजित कुमार रायले सञ्चालन गरेको ग्लोबल एकता पानी उद्योगमा शिल गरिएको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योगका कम्प्युटर अपरेटर जितेन्द्रप्रसाद सिंहले बताए ।
यसअघि, आइतबार जनकपुरको जिरो माइलमा मो. कमालले सञ्चालन गरेको स्टायलिस्ट अक्वा प्रालि र जनकपुरकै महुवा कपलेश्वरमा धर्मनाथ मण्डलले सञ्चालन गरेको गंगाजल पानी उद्योगमा शिल गरिएको थियो ।
शिल गरिएको पानी उद्योग मापदण्डविपरीत सञ्चालन हुनुका साथै पानीलाई जाँच गराएर लिनुपर्ने अनुज्ञापन नवीकरण नगराएको अनुगमन टोलीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश साहको नेतृत्वमा गरिएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका खाद्य निरीक्षक प्रविण कुमार तिवारी, घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर जितेन्द्रप्रसाद सिंहका साथै साल्ट ट्रेडिङ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता थियो ।
प्रकाशित समय १८:२३ बजे

















