गृहपृष्ठ पत्रिकामा आजः यातायात सिण्डीकेट त्याग्न व्यवसायी सहमति
पत्रिकामा आजः यातायात सिण्डीकेट त्याग्न व्यवसायी सहमति
सिण्डिकेट तोडिएको समाचारले आजको दैनिक पत्रिकाहरुको प्राथमिकता पाएका छन् । यातायात क्षेत्रको सिण्डकेट हटाउन सरकारले शुरु गरेपछि आन्दालिन यातायात व्यवसायीसमेत घुडा टेक्न बाध्य भएका छन् । आजको कारोवार दैनिकले यो समाचारलाई मुख्य समाचार बनाएर प्रस्तुत गरेको छ ।
सरकारले ल्याएका हरेक नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोगी बन्न यातायात व्यवसायी सहमत भएपछि सिन्डिकेट अन्त्य भएको हो । कारोवारमा शिव बोहराले लेखेको समाचारमा यातायात व्यवस्था विभागले ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनेपर्ने माग राखेर आन्दोलनमा उत्रिएका नेपाल राष्ट्रिय यातायात व्यवासाइ िमहासंघका अध्यक्षसहिति दर्जर्नौ व्यवासायीले आइतबार सहमति जनाएको उल्ल्ेख छ ।
यस्तै देशभर पक्राउ परेका सिन्डिकेट समर्थक यातायात व्यवसायी रिहा हुँदा गरिएको सहमतिले सबै यातायात समिति कम्पनीमा दर्ता गर्न सहमत भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले तयार पारेका छन् । उनको सामाग्रीमा देशका विभिन्न ठाउँबाट १६० जना पक्राउ परेका प्रहरीको तथ्यांकलाई समेटेको छ । आफ्ना सवारीसाधनलाई कम्पनीअन्तर्गत दर्ता गरी सञ्चालन गर्ने र सिन्डिकेट नगर्ने कागजमा हस्ताक्षर गरेपछि प्रशासनले व्यावसायीलाई रिहा गरेको हो ।
व्यवसायीका खाता बन्द
नेपाल राष्ट्र बैंकले मुलुकभरका यातायात समितिका सबै बैंक खाता रोक्का गराएको छ । अर्थ मन्त्रालयको सिफारिसमा यातायात समितिका बैंक खाता रोक्का गरिएको राष्ट्र बैंकले जनाएको हो । राष्ट्र बैंकले आइतबार सबै बैंक तथा वित्तीय संस्थामा परिपत्र गरी यातायात समितिको बैंक खाता रोक्का गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयको आग्रहअनुसार अर्थ मन्त्रालयले २ सय ४५ वटा यातायात व्यावसायी समितिका बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई सिफारिस गरेको थियो । सोहीअनुसार कर्णाली प्रदेशका १२, प्रदेश १ का ३५, प्रदेश २ का १०, प्रदेश ३ का १ सय १८, प्रदेश ४ का २४, प्रदेश ५ का ४० र प्रदेश ७ का ९ वटा यातायात समितिका खाता रोक्का गरिएको छ । आइतबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा व्यवसायीले आन्दोलन फिर्ता लिने र सरकारले ल्याएको नियममा उल्लेखित व्यवस्थाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेपछि अव सिण्डिकेटको अन्त्य भएको छ । आजा पत्रकारसम्मेलन गरेर भएको सहमतिको साथै सरकारका निर्णयहरुसमेत समेटेर सार्जजनिक गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी आजाको राजधानी दैनिक, कान्तिपुर दैनिक, नागरिक दैनिकलगायत अधिकाँश दैनिक पक्रिकाहरुले सिण्डिकेट तोडिएको समाचारलाई प्राथमिकतामा राखेका छन् । राजधानी दैनिक पत्रिकाले तरकारी व्यवसायमा भएको सिण्डिकेटको विषयलाई आजाको पत्रिका प्रस्तु गरेको छ । उसले तरकारी उत्पादनले पाउने मुल्य र उपभोक्ताले खरिद गर्दा पर्ने मुल्यको विश्लेषण गरेर तरकारी व्यासायमा मौलाएको सिण्डिकेटको विषयमा आवाज उठाएको छ ।
व्यसायीले गरेको कागज
‘लिखितम हामी तपशीलका यातायात व्यवसायी महासंघका पदाधिकारीहरू आगे नेपाल सरकारले यातायात क्षेत्रमा सिन्डिकेट तोड्न चालेको कदमप्रति मेरो पूर्ण समर्थन र विश्वास रहेको छ । हामी र हाम्रो व्यवसाय नेपाल सरकारको नीति, निर्णय तथा कानुनी व्यवस्था प्रतिकूल हुने गरी सञ्चालन गर्नेछैनौँ र अरू कसैलाई पनि प्रचलित कानुन र नेपाल सरकारको नीति प्रतिकूल हुने कार्यमा प्रोत्साहन गर्नेछैनौँ ।
अब उप्रान्त हामी र हामीसम्बद्ध यातायात व्यवसायलाई प्रचलित कानुनबमोजिम दर्ता गरी सरकारको नीतिअनुकूल सञ्चालन गर्नेछौँ । यातायात क्षेत्रमा सरकारले चालेको सिन्डिकेट हटाउने कदमको स्वागत गर्दछौँ । त्यसविरुद्ध गएमा हाम्रो नाममा दर्ता भएको सवारीसाधनको रुट इजाजतपत्र खारेज गर्न तथा हामीलाई प्रचलित कानुनबमोजिम जस्तोसुकै कारबाही भएमा पनि हाम्रो मञ्जुरी छ, भनी तपशीलका व्यक्तिको रोहबरमा यो कागज लेखी लेखाई सहिछाप गरी नेपाल सरकारलाई चढायौँ ।’
प्रकाशित समय ०७:३२ बजे

















