गृहपृष्ठ विद्युत् चोर्ने ९ जनामाथि कारबाही
विद्युत् चोर्ने ९ जनामाथि कारबाही
सिरहामा हुकिङ गरी विद्युत् चोरी गर्ने ९ जना कारबाहीमा परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिकालगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरी जरिवाना तिराएको हो ।
विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहाबट गरिरहेको अवस्थामा सबैजनालाई पक्राउ गरिएको प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख दीगम्बर यादवले जानकारी दिए ।
पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी जरिवानाबापत ५१ हजार ३७१ रुपैयाँ राजश्व संकलन भएको प्रमुख यादवले जानकारी दिए । विद्युत् मिटर चार थान, पंखा तीन थान र टिभी तीन थानलगायतका सामान पनि बरामद भएको छ ।(रासस)
प्रकाशित समय १२:०२ बजे

















