गृहपृष्ठ कृषिमा आधुनिक प्रविधि भित्र्याउन निजी क्षेत्र र जापानी विश्वविद्यालयबीच सम्झौता
कृषिमा आधुनिक प्रविधि भित्र्याउन निजी क्षेत्र र जापानी विश्वविद्यालयबीच सम्झौता
नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि भित्र्याउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे सम्झौता भएको छ ।
सम्झौता अनुसार जापानको टोकियो युनिभर्सिटीमा कृषि प्रविधि अध्ययनरत विद्यार्थीले चेम्बर अफ कमर्समा आबद्ध कृषि फार्ममा प्रशिक्षार्थीका रुपमा काम गरी आधुनिक प्रविधि हस्तान्तरण गर्नेछन् । सम्झौता पत्रमा चेम्बरका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र युनिभर्सिटीका तर्फबाट रिसर्च इन्ष्टिच्युटका निर्देशक डा हिरोआकि वाकामात्सुले हस्ताक्षर गरेका छन् ।
चेम्बरका तर्फबाट जापानको टोकियो अवैतनिक दूतका रुपमा कार्यरत अन्तर्रा्ष्ट्रिय कानूनका अधिवक्ता डा बलराम श्रेष्ठको पहलमा सम्झौता भएको हो । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई आधुनिकतातर्फ लैजान सम्झौता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
कृषि प्रविधि पढ्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति लगायत सुविधा विस्तार गर्दै जाने प्रतिबद्धतासमेत विश्वविद्यालयले जनाएको छ ।(रासस)
प्रकाशित समय ०७:२४ बजे

















