गृहपृष्ठ सीके राउत पुर्पक्षका लागि थुनामा

सीके राउत पुर्पक्षका लागि थुनामा

ck-raut

सांगठानिक आपराध गरेको आरोपमा सीके राउतलाई जिल्ला अदालत गौरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

दुई महिनादेखि प्रहरी नियन्त्रणमा रहेका राउतलाई अदालतले थुनामा राख्ने फैसला सुनाएको हो ।न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल ईजलासले राउतलाई पुर्पक्षका लागि कारागार राख्न आदेश जारी गरेको हो ।

राउतका आफन्तले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले यसअघि नै खारेज गरिदिएको थियो । राउत गत असोज २१ गते पक्राउ परेका थिए । उनीविरुद्ध सांगठानिक आपराधको मुद्दा दर्ता गरिएको थियो ।

प्रकाशित समय ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु