गृहपृष्ठ दश दिनदेखी ६० वर्षीय ज्येष्ठ नागरिक बेपत्ता
दश दिनदेखी ६० वर्षीय ज्येष्ठ नागरिक बेपत्ता
पाल्पाको रामपुर नगरपालिका–९ जब्गादी बस्ने ६० वर्षीय वृद्ध प्रेमबहादुर सार्की दश दिनदेखि बेपत्ता छन् । मङ्सिर १३ गते बिहान घरबाट रामपुरको बेझाडमा रहेको मेघा बैंकमा जान भनी हिँडेका उनी बैंकमा काम सकिएपछि हालसम्म फेला नपरेको पारिवारिक स्रोतले जनाएको छ ।
आफन्त छरछिमेककहाँ खोजी गर्दा अहिलेसम्म फेला पर्न नसकेको स्थानीयवासी ज्ञानबहादुर गाहाले बताए । चार दिन अगाडि सिलुवाको विद्युत् सवस्टेशन अगाडि नेपाली नगारिकता, मेघा बैंकको चेकबुक र पासपोर्ट साइजको फोटोसहितको झोला फेला परेको उनले बताए ।
उनकी श्रीमती उपचारका क्रममा भारतमा रहेकी र बुहारी, नाति नातिनीको साथमा बस्दै आएकी थिर्इन् । करीब साढे पाँच फुट अग्लो, गहुँगोरो, माथिल्लो ओठमा कालो कोठी भएको, पहेँलो धर्का भएको निलो ज्याकेट, कालो पाइन्ट, चप्पल लगाएका वृद्ध प्रेमबहादुर सार्कीलाई खोजी गरिदिन परिवारले सबैसँग अनुरोध गरेको छ । (रासस)
प्रकाशित समय १२:२२ बजे

















