गृहपृष्ठ लिंगचर्म छेदनले निम्त्याएको अंग्रेजी नयाँ वर्ष र जनभावना
लिंगचर्म छेदनले निम्त्याएको अंग्रेजी नयाँ वर्ष र जनभावना
स्वभावतः नेपालीहरु उदारमना छन् । मातृत्व र बन्धुत्वको अगाध भावना कोहीसँंग छ भने त्यो नेपालीमै प्रचुर छ । नेपाल बहुधार्मिक र बहुसांस्कृतिक हिसाबले धनी छ । मुलुकको संविधानले धार्मिक स्वतन्त्रताको कुरा सुनिश्चित गर्नुअघिदेखि नै विभिन्न धार्मिक सम्प्रदायका मानिस मुलुकभित्र सौहाद्र्रपूर्ण रुपले रहेका छन् । नेपाल र नेपालीको धार्मिक एवं सांस्कृतिक पर्व र महत्वका थुप्रै ऐतिहासिक, सामाजिक र परम्परागत मान्यता स्थापित छन् ।
आज विश्वभर नयाँ वर्ष सन् २०१९ लाई विभिन्न रुपले हर्षोल्लासपूर्वक मनाइँदै छ । यसका लागि सबैमा शुभकामना । नयाँ दिन र नयाँ वर्ष जुनसुकै वर्ग, सम्प्रदाय र जनजाति ज–जसले मनाए पनि यसको सुन्दर पक्ष भनेको आउँदा दिन नवीन सोच, सिर्जना, चिन्तन र नयाँ आयामको थालनी होस् भन्ने नै हो । सबै वर्ग, जाति र समुदायका आ–आफ्नै नयाँ वर्षहरु छन् । अन्तर्राष्ट्रिय रुपमा विशेष स्थान ओगटेको अंंग्रेजी नयाँ वर्षको पनि आफ्नै ऐतिहासिकता, किंम्वदन्ती, महत्व र विशेषता छ । जसरी हामी नेपालीले मनाउने विक्रम संम्वतअनुसारको नयाँ वर्ष राजा भर्तृहरिका भाइ विक्रमादित्यले प्रारम्भ गरे भन्ने आधार रहेझैं अंंग्रेजी नयाँ वर्ष इस्वी संम्वतका बारेमा के–कस्तो किंम्वदन्ती छन् भन्ने जान्नु सान्दर्भिक नै रहन्छ जस्तो लाग्छ ।
विशेषगरी, इसाई धर्मसँंग सम्बन्धित अंंंग्रेजी नयाँ वर्षको प्रसंंग येशु ख्रिस्टको जन्म र उनको जीवनसँंग गाँसिएको पाइन्छ । खासगरी, अंंग्रेजी पात्रोअनुसार डिसेम्वर २५ का दिनलाई येशुको जन्म दिवसका रुपमा मनाउने प्रचलनअनुसार (क्रिसमस डे) लाई क्रिस्चियन धर्मवलाम्वीले विशेष पर्वका रुपमा मनाउन थाले । विशेष पर्वको आठौं दिनमा पर्ने जनवरी १ अर्थात् अंंंग्रेजी पात्रोअनुसारको नयाँ वर्ष किन हुन गयो त भन्ने अधिकारिक तथा तथ्यपरक अन्य कारण भेटिँदैनन् । इसाई धर्म गुरु (पादरी) मुसाको निर्देशनअनुसार येशु ख्रिस्टको खतना (लिंगचर्म छेदन) गरिएको दिनलाई स्मरण गरेर मनाइने नयाँ वर्षका बारेमा त्यति चर्चा–परिचर्चा गरिएको पाइँदैन । येशुको मृत्युपश्चात धर्मगुरुले दिएको प्रवचनका आधारमा अंग्रेजी वर्ष सुरुवात भयो । ग्रिक अर्थडक्स चर्चले भने आजको दिनलाई ‘खतना दिवस’कै रुपमा मनाउने गरेको छ । फलस्वरुप, जनवरी १ लाई अंंंग्रेजी वर्षको नयाँ वर्ष भनेर मनाइँदै आएको पाइन्छ । यसबाहेक अन्य आधार अप्राप्य नै छन् भन्नुमा अत्युक्ति नहोला ।
माथि पनि भनियो, हामी सबै धर्म, संस्कृति, पर्व एवं दिवसको सम्मान गर्छौं । कुनै न कुनै रुपले उत्सवमय पनि बनाउँछौं । भावना माया, प्रेम, करुणा र शुभेच्छाहरु साट्छौं पनि । यो नयाँ वर्षको किंम्बदन्ती महत्व र दिवसले हाम्रो मौलिक संंंस्कृति र रिवाजले धार्मिक तथा सांंंस्कृतिक महत्व बोकेको पाइन्न । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बी छन् । अंंग्रेजी पात्रो हामी सबैका लागि कुनै न कुनै रुपले सहयोगी छँदै छ ।
अंंग्रेजी पात्रोको प्रयोग हामी कमै गर्छौं । हाम्रा पर्व, तिथि, नक्षत्र, योग, लग्न आदि नेपाली पञ्चांगले नै निर्देशित छ । हामीले प्रयोग गर्ने सम्वत्सर र सम्वत विक्रम संम्वत नै हो । नेपाल र नेपालीको नयाँ वर्ष भनेको वैशाख १ गते नै पर्छ र हो पनि । अंग्रेजी नयाँ वर्षलाई हर्षोल्लासका साथ मनाउनु फेसनजत्तिकै बन्दै गइरहेको परिप्रेक्ष्यमा न्यु इयर (१ जनवरी) को विषयवस्तुको उपक्षाले मनाइयो भनेर जान्नु उपयुक्त देखिएकाले यी प्रसंंग उल्लेख गरिएको हो । हाम्रो मौलिक संंस्कार, संंस्कृति र परम्परासँग कुनै तादाम्यता नराख्ने न्यु इयरले साँच्चै हाम्रो मौलिक नयाँ वर्ष वैशाख १ गते छायाँमा त पर्न जाने होइन भन्ने प्रश्न चिह्न पनि आफूतिर लगाउनुपर्ने जस्तो भाव हुँदै छ ।
स्वाभाविक रुपले न्यु इयरलाई लिँदा हुने ठाउँमा हामी आवश्यकताभन्दा बढी भयौैं कि भन्ने लाग्दैछ । केही समयअगाडि होला, वाइन खुवाइएको चर्चा र हाम्रा नेतृत्वहरु पनि ठूलै आलोचनाको सिकार भएलगत्तै जसो आएको यो न्यु इयरको उन्मादले हाम्रो मौलिक संंस्कार, पर्व, संंंंंस्कृति र परम्परालाई हामी बिर्संदै त छैनौं भन्ने आभाष न्यु इयर इभले दिलाएको छ । क्रिसमस ट्रि भनेर सहजै भन्न सक्ने स–साना केटाकेटीलाई हामीले पिपल, तुलसी चिनाउन बिर्संदै त छैंनौ भन्नेसमेत लाग्न थालेको छ । हामी सर्वधर्म अनुयायी हौं । हामीलाई कसैको धर्म, पर्व र रीतिरिवाजको विरोध गर्नु छैन । तर, पर्व मनाउँदा के–कस्तो संंस्कृति, संंस्कार र किंम्वदन्तीको उत्सव मनाइरहेको हँु भन्ने बुझ्नु जरुरी छ ।
अज्ञानतावश, हामीले मनाइरहेको उत्सवले हामीमा नकारात्मक ऊर्जा प्रवाह गर्छ नै । त्यसमाथि लिंग चर्म छेदनको दिवसलाई हामी सुखद र खुसियालीको पर्व विशेष मानेर हर्षित भइँरहदा हाम्रो स्थापित मौलिक संंस्कृतिमाथि स्वयंंले प्रहार त गरिरहेका छैनौं भन्ने विषयलाई पनि मनन गर्नु जरुरी छ । आयातीत संंंस्कार र संंंस्कृतिले राष्ट्रियता कमजोर हुन्छ । मौलिक संंस्कृतिहरु हराउँदै जान्छन् । भावी पुस्ताले नयाँ वर्षको सट्टा न्यु इयर मनाउन थाल्छन् । यसको दूरगामी असरप्रति सम्वेदनशील हुने कि नहुने ? आफ्नो संस्कृतिको सम्वर्धन, संंरक्षण र प्रवर्धनप्रति सजग हुने कि नहुने भन्नेबारेमा पनि सोच्नु आवश्यक दखिन्छ ।
एकआपसमा सद्भाव साटेर शुभकामना आदानप्रदान गर्ने न्यु इयरको प्रसंंग र विषयवस्तु हेर्दा कति स्वाभाविक रुपमा शुभकामना साटियो भन्ने कुरालाई हृदयंगम गर्न जरुरी छ । वास्तवमा, यो न्यु इयर (खतना दिवस– ख्रिस्टको लिंगचर्म छेदन) रहेछ । त्यसैले न्यु इयरको सद्भाव, शुभ कामना र शुभेच्छालाई ‘नयाँ वर्ष’ले अझ सार्थक बनाउन सकोस् ।
प्रकाशित समय १७:०२ बजे

















