गृहपृष्ठ खाजा पसलमै लागु औषधको धन्दा, पैसा तिर्न नसक्नेको ल्यापटप–मोबाइल कब्जा

खाजा पसलमै लागु औषधको धन्दा, पैसा तिर्न नसक्नेको ल्यापटप–मोबाइल कब्जा

lagu-aausadh-newskarobar फाइल तस्बिर

बागलुङ जिल्ला प्रहरी कार्यालयले जमिनमुनी लुकाइएको लागुऔषध बरामद गर्न सफल भएको छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित विजय खाजाघरका सञ्चालिका शान्तिदेवी कुँवरले खाली जमीनमुनि लुकाइछिपाइ राखेको स्थानमा बुधबार दिउँसो उत्खनन् गर्दा प्लाष्टिकको बोरामा प्लाष्टिककै डिब्बाभित्र दुई मिलीग्रामका डाइजेपाम १०५, फेनार्गन १०५ र नुर्फिन १०५ एम्पुल फेला परेको थियो ।

कुँवरलाई पुस १४ गते प्रहरीले नियन्त्रणमा लिएर खाजाघर खानतलासी गर्दा माथिल्लो तलामा लुकाइछिपाइ राखेको अवस्थामा दुई एमएल लेखिएको डाइजेपाम, फेनार्गन र नुर्फिन दुई÷दुई एम्पुल भेटिएपछि गाडेर राखेको लागु औषधबारे खुलेको थियो ।

कुँवरले खाजाघरमा अवैध लागुऔषध लुकाइछिपाइ राखी बिक्री वितरण गर्ने गरेकामा तत्काल पैसा तिर्न नसक्ने लागुऔषध प्रयोगकर्ताको मोबाइल, ल्यापटपलगायत सामग्री समेत धितो लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

लागुऔषध प्रयोगकर्ताले धितो राखेका सामसुङ मोबाइल ५ थान, कलर्स मोबाइल चारथान, नोकिया मोबाइल एक थान, डाइमण्ड मोबाइल एक थान, सोलारपावर बैँक एक थान, आइफोन एक थान, इण्टेल लेखिएको ट्याब एक थान, एसर ल्यापटप एक थानसमेत बरामद गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।(रासस)

प्रकाशित समय १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु